हिमालयन लाइफको ४ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा

१७ श्रावण २०८१, बिहीबार ०७:२३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*