नेशनल लाइफको एक लाख कित्ता शेयर बिक्रीमा
१७ श्रावण २०८१, बिहीबार ०६:५८
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिवश विक्रम शाहको नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्री गरिने शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।
साथै उक्त समयावधि भित्र संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति तथा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले बताएको छ ।