आफ्ना बचतकर्तालाई छिमेक लघुवित्तको दावी भुक्तानी

१६ श्रावण २०८१, बुधबार १७:५८

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटारी, उदयपुरले मृत्यु दावी भुक्तानी गरेको छ । उदयपुरगढी गाउँपालिका– १ शिखरपुरकी स्वर्गीय तिलक कुमारी मगरको मृत्यु भएपछि बीमावापतको २ लाख रुयैयाँ नगद हस्तान्तरण गरिएको हो ।

उक्त नगद रकम कटारी शाखाका कर्मचारी तथा स्थानीय भद्रभलादमी, समूहका सदस्यहरूको उपस्थितिमा मृतकको श्रीमान यम्बर बहादुर मगरलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

मृतकको श्रीमानले पत्निको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडाका बेला लघुवित्तको यस सहयोगले धेरै नै राहत मिलेको बताए ।

 

One thought on “आफ्ना बचतकर्तालाई छिमेक लघुवित्तको दावी भुक्तानी

  1. अजय कुमार साह सोनार says:

    राम्रो लाग्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*