टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

१६ श्रावण २०८१, बुधबार १७:१४

काठमाडौँ । शेयर बजारमा आज हालसम्मकै उच्च कारोबार भइरहेको छ । यसदिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको शेयर किनबेच भएको हो ।

बुधबार सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीमध्ये ७ को खरिद तथा ३ को बिक्री धेरै देखिएको छ । इम्पेरियल, अनलाइन, सानि, डाइमिस मोनि, दिपशिखा र लन्च स्टक र आर्यतारामार्फत खरिद धेरै देखिएको छ भने नासा, भिजन, एबिसिमार्फत बिक्री धेरै देखिएको छ ।

। यी १० ब्रोकर कम्पनीले मात्रै ७ अर्ब ९५ करोड ४९ लाख रुपैयाँको धितोपत्र खरिद गरेका छन् भने ७ अर्ब ७८ करोड ९५ लाख रुपैयाँको बिक्री गरेका छन् । यस दिन सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गर्नेमा नासा सेक्युरिटिज छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*