६४ अकंले बढ्यो नेप्सेः करिब २२ अर्बको कारोबार हुँदा उत्साहित शेयर लगानीकर्ता

१६ श्रावण २०८१, बुधबार १५:०८

काठमाडौँ । शेयर बजारमा उछाल आइरहेको छ । बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामक निकायले देखाएको सक्रियताले लगानीकर्ताको मनोबल निकै दरिलो बन्दै गइरहेको छ । जसको कारण बजारले समेत निरन्तर उचाईको यात्रा तय गरी रहेको हो ।

बजारले अब नयाँ रेकर्ड राख्ने तर्क लगानीकर्ताहरुले गर्दै आइरहेका छन् । आज कारोबार रकमले निकै ठुलो फड्को मारेको छ । कारोबार रकमले वर्षौअगाडिको रेकर्ड तोडेको हो । कारोबारमा आएको उचाईले बजार थप माथि जाने संकेत भइरहेको छ । मौद्रिक नीतिले शेयर बजारमैत्री नीति ल्याउँदा मार्केटमा सकारात्मक सुधार आएको हो ।

अर्थमन्त्रालय र राष्ट्र बैंकबीचको समन्वय बढेको, ब्याजदर घटने क्रममा रहेको र अर्थतन्त्रले समेत सुधारको यात्रा तय गरी रहेको बेला बजारले नयाँ बुल दिने विश्वास लगानीकर्ताले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलिको सरकार बनेदेखि बजारले बुलको यात्रा तय गरिरहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । बुधबार बैंकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको ३.२१ प्रतिशत, फाइनान्स समूहको ८.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

One thought on “६४ अकंले बढ्यो नेप्सेः करिब २२ अर्बको कारोबार हुँदा उत्साहित शेयर लगानीकर्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*