गोर्खाज फाइनान्सका संस्थापक सञ्चालक डेकिन्द्र कुमार राईको राजिनामा स्वीकृत
१६ श्रावण २०८१, बुधबार १०:५२
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संस्थापक सञ्चालक डेकिन्द्र कुमार राइले दिएको राजिनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको साउन १५ गते बसेको ४९० औं बैठकले राईको राजिनामा स्वीकृत गरेको हो ।
सञ्चालक राईले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण साउन ११ गते उक्त पदबाट राजिनामा दिएका थिए ।