विन नेपाल लघुवित्तको डिसीईओमा दिपेन्द्र खतिवडा नियुक्त

१६ श्रावण २०८१, बुधबार १०:३४

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले साउन १५ गतेदेखि लागु हुनेगरी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–१० का खतिवडालाई डिसीईओमा नियुक्त गरेको हो ।

नवनियुक्त डिसीईओ खतिवडासँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ । उनको आगमनले कम्पनीको व्यवसाय वृद्धि र सुशासन कायम हुने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*