१४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा बाढीले ठुलो क्षति, दुई जना बेपत्ता
१६ श्रावण २०८१, बुधबार १०:२९
काठमाडौँ । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माणकार्य भैरहेको १४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराती आएको बाढीले ठुलो क्षति गरेको छ ।
निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी वेपत्ता छन् भने राम कुमार चौंधरी लाई करिब १ किमि तल घाइते अवस्था भेटिएका हुन्। १ जना स्थानीय वासि महिला पनि वेपत्ता भएकी छन् ।
आयोजनाको निर्माणकार्य खटिएको लेवर क्याम्प, क्सर,जडान गरिएको करिब ५ सय मि। पाईप समेत बगाएको छ ।