नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा कर्मचारी माग
१६ श्रावण २०८१, बुधबार १०:०९
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले चार्टर्ड एकाउन्टेन्ट (सिनियर अफिसर) पदमा आवेदन खुलाएको हो । यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट गरेको र ३५ वर्ष उमेर नपुगेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष कार्य गरेको हुनु पर्नेछ ।
तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कम्पनीको वेभसाईट वा इमेल ठेगानामार्फत साउन ३० गतेभित्र दरखास्त आवेदन दिनु पर्नेछ ।