सिन्धु विकास बैंकका सीईओ गिरीको राजिनामा स्वीकृत, केसीले पाए कामु सीईओको जिम्मेवारी

१६ श्रावण २०८१, बुधबार १०:१७

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार गिरीले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत तथा घरायसी कारण जनाई साउन ६ गते दिएको राजिनामा असार १४ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

बैंक सञ्चालक समितिको सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश कुमार के.सी.लाई कायम मुकायम सीईओको जिम्मेवारी प्रदान गरेको कम्पनी सचिव प्रमोद न्यौपानेले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*