आत्मनिर्भर लघुवित्तको नाफा ७१% गिरावट
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७१ दशमलव २६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ करोड ८६ लाख नाफा गरेको कम्पनीले गत वर्ष १ करोड ३९ लाख रुपैयाँ नाफा गरेको हो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने ३ दशमलव ५७ प्रतिशले बढेको छ । अघिल्लो वर्ष ११ करोड ९५ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले गत वर्ष १२ करोड ३८ लाख २९ हजार खुद ब्याज आम्दानी गरेको छ ।
गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३ दशलव ५८ प्रतिशले बृद्धि भएको छ । अघिल्लो वर्ष १३ करोड ७३ लाख ४२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको यस कम्पनीले गत वर्ष १४ करोड २२ लाख ५५ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीले ३ करोड ३८ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको खराब कर्जा ५ दशमलव ६४ प्रतिशले बढेर १३ दशमलव २२ प्रतिशत पुगेको छ । ६ करोड ८५ लाख ७१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १९ करोड ८७ लाख ५० हजार रुपैयाँ सञ्चिति छ । गत वर्ष कम्पनीले ८६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।