शेयर बजारमा हरियालीः नेप्से ३५ अकंले बढ्दा ४ करोड कित्ता शेयर किनबेच, नयाँ रेकर्ड कायम गर्ला ?

१५ श्रावण २०८१, मंगलवार १५:०७

काठमाडौँ । दिनभरीको उतार चडाबपछि शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सोमबार करेक्सन देखिएको शेयर बजार आज पुनः सुधारको यात्रा तिर लम्किएको हो । मौद्रिक नीति मार्फत शेयर धितोकर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज भएसँगै बजार सकारात्मक हुँदै गइरहेको छ ।

बजारमा आएको उत्साहले लगानीकर्ता समेत मख्ख छन् । तर, स–साना लगानीकर्ताको कित्ता खोस्ने काम अहिले भइरहेको बजार जानकारहरु बताउछन् । क्याप खारेजसँगै बजारमा उतार चडाब गराइ कित्ता खोस्ने काम भइरहेको एक लगानीकर्ताले बताए । बजारमा लगानीकर्ताले आफ्नो मनोबल दरिलो बनाउनु पर्ने उनको तर्क छ ।

अर्थतन्त्र सकारात्मक भइरहेको, मौद्रिक नीति समेत लचिलो आएको, शेयर बजारको शत्रु भनेको बैकका ब्याजदर समेत घट्दो क्रममा रहेको हुँदा अब बजारले ३२ सय बिन्दुमा पुग्ने आम लगानीकर्ताको बुझाइ छ । लगानीकर्ता छोटेलाल रौनियारले सबै सूचक सकारात्मक रहेको हुँदा अब बजारले नयाँ उचाई कायम गर्ने बताए । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय र राष्ट्र बैंक शेयर बजारप्रति सकारात्मक बन्दै गएको हुँदा समग्रमा बजारले सुधारको यात्रा तय गर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.५५ अकंले बढेर २६९६.६५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन ९ समूहको शेयर मूल्यमा उछाल देखिएको छ । मंगलबार विकास बैंकको २.४० प्रतिशत, फाइनान्स समूहको ५.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.१२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*