एमबैंक र आईएमई रेमिटबिच एक सम्झौतापत्रमा हस्ताक्षर

१५ श्रावण २०८१, मंगलवार १४:४८

काठमाडौँ । नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक मोबाइल बैङ्किङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ ।

सम्झौतासँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् । जसका लागि आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा।लि। बिच शुक्रवार सम्झौता भएको छ ।

आईएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । एमबैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ । एमबैंक सँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् ।

मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैङ्कले लिएको प्रमुख महासेठले जानकारी दिए । शुक्रबारबाट ९ औँ वर्षमा प्रवेश गरेको एमबैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटर्फम कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिट्यान्स सेवालाई सुरुवात गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*