प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन

१५ श्रावण २०८१, मंगलवार ०८:००

काठमाडौं । साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ ।

बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमा बिक्री गर्ने गरी १० लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्थाहरूले समेत आवेदन दिन पाउनेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा कम्तीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदको माग सहित आवेदन दिन सकिनेछ । आवेदन फाराम बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा बुझाउनु पर्नेछ । आवेदन फाराम पनि सोही स्थानमा पाइनेछ ।

One thought on “प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन

  1. Raju khadke says:

    20

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*