शुभ लक्ष्मी कोषले ७.५% लाभांश वितरण गर्ने

१५ श्रावण २०८१, मंगलवार ०७:३८

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ सकिएको १५ दिनपछि नै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई लाभांश (प्रतिफल) वितरण गर्न शुरू गरेको छ । शुभलक्ष्मी फण्डले इकाईधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट करसहित ७ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले साउन १५ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसका आधारमा साउन १४ गतेसम्म कायम शेयरधनीले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी सनराईज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष एक खुलामुखी योजना हो । कोषको गत वर्षको लेखा परीक्षण सम्पन्न भएसँगै प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*