अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमयदर
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको छ । आज साउन १५ गते पनि एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २७ पैसा कायमै रहेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक कतारी रियालको खरीदभाउ ३६ रुपैयाँ ६६ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ८२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसामै स्थिर रहेको छ ।
त्यस्तै आज एक यूएई दिराम पनि खरीदभाउ ३६ रुपैयाँ ३९ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ५६ पैसामै स्थिर रहेको छ । आज मलेसियन रिंगिटको भाउ भने ११ पैसाले बढेर खरीदमूल्य २८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ९४ पैसा पुगेको छ ।
आज एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८७ रुपैयाँ ९२ पैसा, १० जापानिज यनको बिक्रीमूल्य ८ रुपैयाँ ७३ पैसा र एक क्यानेडियन डलरको बिक्रीमूल्य ९७ रुपैयाँ रहेको छ ।