पञ्चकन्या ग्रुपका चार कम्पनीले एक वर्षमा गरे ७ अर्ब ८६ करोडको व्यापार, कुनले कति कमाए ?

१४ श्रावण २०८१, सोमबार १८:००

काठमाडौँ । पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ । पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ प्रमाणपत्र र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गर्ने देशकै पहिलो स्टील कम्पनी हो ।

नेपाल गुणस्तर विभागले प्रदान गर्ने एनएस अवार्ड पनि सबैभन्दा पहिले सन् १९९९ मा यसै समूहको पञ्चकन्या आइरनले पाएको थियो । साथै, यही अवार्ड सन् २००८ मा पञ्चकन्या प्लाष्टिकले पाएको थियो । त्यस्तै, सन् २०१२ मा पञ्चकन्या प्लाष्टले पनि यो अवार्ड पायो । समूहले ११ वर्षअघि नै भवन तथा संरचना निर्माणमा चाहिने सिमेण्ट–कङ्क्रिटको मिश्रणलाई तयारी अवस्थामा निर्माणस्थल पु¥याउने र प्रयोग गर्ने कामको थालनी गरेको हो ।

समूहले निर्माणसँग सम्बन्धित बिटुमिन एण्ड ब्यारेल, वायर, पाइप तथा फिटिङ, झ्याल, ढोका, पार्टिशन, फर्निचरलगायत सामग्री उत्पादन गर्छ । समूहका रेडिमिक्स कङ्क्रिट, स्टेनलेश स्टील ट्याङ्की, एग्रिगे्रट्स र फर्निचरका पाँच उद्योग काठमाडौंमै छन् । समूहले अन्तरराष्ट्रिय व्यापार, औद्योगिक उत्पादन, निर्माण तथा उर्जा र बैङ्कमा लगानी गरेको छ । समूहले उत्पादन नगर्ने तर निर्माण परियोजनालाई चाहिने सामग्री भने आयात गरी विक्रीवितरण गर्छ ।

पञ्चकन्या ग्रुपका ४ वटा कम्पनीले साढे ७ अर्बको कारोबार गरेका छन् । सन् २०२३ मा पञ्चकन्या समूहअन्तर्गतको ४ वटा कम्पनीले ७ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेका हुन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालमा सार्वजनिक गरेको कारोबार विवरणअनुसार पञ्चकन्या प्लास्टिक उद्योगबाट १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, पञ्चकन्या प्लास्ट प्रालिबाट ७३ करोड ४० लाख रुपैयाँ, पञ्चकन्या स्टिल प्रालिले ५ अर्ब ११ लाख रुपैयाँ र पञ्चकन्या रोटोमोल्ड प्रालिले ७८ करोड २० लाख रुपैयाँको कारोबार गरेका छन् ।

पञ्चकन्या स्टिल

पञ्चकन्या स्टिल प्रालिले सन् २०२३ मा ५ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेको छ । जुन सन् २०२२ को तुलनामा २४.२८ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

पञ्चकन्या ग्रुपद्वारा सञ्चालित पञ्चकन्या स्टिलमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रबन्ध निर्देशक प्रदिपकुमारसहित ७ जना बोर्ड सदस्य छन् । कम्पनीको देशभर ९० वटा डिलर छन् । पञ्चकन्या स्टिलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ ।

पञ्चकन्या रोटोमोल्ड

पञ्चकन्या ग्रुपअन्तर्गतकै पञ्चकन्या रोमोल्ड प्रालिले सन् २०२३ मा ७८ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक ५ हजार ४ सय मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन क्षमता रहेको छ । पञ्चकन्या ब्रान्डमै पाइप र फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीमा पनि ७ जना बोर्ड सदस्य छन् । कम्पनीले उत्पादन गरेको उक्त सामग्री देशभर उपलब्ध रहेको जनाएको छ ।

पञ्चकन्या प्लास्टिक

पञ्चकन्या प्लास्टिक उद्योगले सन् २०२३ मा १ अर्ब २३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । ९ हजार मेट्रिक टन एजडीई पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२१ मा कम्पनीले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सात जना बोर्ड सदस्य रहेको कम्पनीले ‘पञ्चकन्या’ ब्रान्डमा पाइप तथा फिटिङ्स बजारमा बिक्री वितरण गर्दै आएको छ ।

पञ्चकन्या प्लास्ट

पञ्चकन्या पस्ट प्रालिले सन् २०२३ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आइरहेको छ । कम्पनीले सन् २०२१ मा ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । बजारमा पाइप तथा फिटिङ्सको उच्चप्रतिस्पर्धा भएकाले कम्पनीको नाफा घटेको जनाएको छ । पञ्चकन्या ब्रान्डमा सामग्री बिक्री गर्दै आएको कम्पनीको उत्पादन क्षमता वार्षिक ५ हजार मेट्रिक टन रहेको छ ।

प्रेमबहादुर श्रेष्ठ अध्यक्ष, प्रदिपकुमार श्रेष्ठ प्रबन्ध निर्देशक, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र कार्यकारी निर्देशकमा प्रज्वलकुमार श्रेष्ठ छन्।

रेटिङ
सन् २०२३ मा पञ्चकन्या ग्रुपले साढे ८ अर्ब रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सीअनुसार चार कम्पनीले ८ अर्ब ६६ करोड २३ लाखको रेटिङ गराएको हो ।

जसमा पञ्चकन्या रोटोमोल्ड कम्पनीले १ अर्ब १० करोड १० लाख रुपैयाँ, पञ्चकन्या स्टिलले ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ रुपैयाँ, पञ्चकन्या प्लास्टले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ र पञ्चकन्या प्लास्टिक उद्योगले १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*