नैतिक चरित्रमा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता
१४ श्रावण २०८१, सोमबार १६:१०
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका हुन् ।
निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक–पटक यौन शोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो ।