बुक बिल्डिङ विधि ब्यवस्थित बनाइने, कस्तो छ धितोपत्र बोर्डको नीति तथा कार्यक्रम ?

१४ श्रावण २०८१, सोमबार १५:४९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन ११ वटा बुँदा अगाडि सारेको हो ।

बोर्डले नीति तथा कार्यक्रममार्फत संरचनागत सुधार तथा क्षमता अभिवृद्धि, प्रभावकारी नियमन, विद्युतीय प्रणालीमा आबद्धता, समयसापेक्ष ऐनको निर्माण, नवीनतम वित्तीय औजारको प्रयोग लगायतका कार्यक्रमहरु अघि सारेका छन् । बोर्डले धितोपत्र बजारलाई पारदर्शी बनाउँदै नियमनलाई थप मजबुत बनाउने गरी नीति तथा कार्यक्रम पास गरेको हो ।

बोर्डले आइपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता कायम गर्न नीति समेत लिएको छ । प्रतिनिधि सभाको लेखा समितिले बोर्डलाई प्रिमियममा आइपीओ स्वीकृत गर्न विषयमा प्रश्न उठाएपछि कम्पनीले एक रुपता कायम गर्ने लागेको हो ।

साथै, बोर्डले बुक बिल्डिङ विधिमार्फत गरिने सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने नीति पनि अघि सारेको छ । पटक–पटक विवाद आउन लागेपछि बोर्डले यस्तो नीति अघि बढाएको हो । धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधिसभा र सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने पनि बोर्डको भनाइ छ । धितोपत्रको सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरूपता कायम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डले ११ वटा बुँदामा चालू वर्षका कार्यक्रमहरु समेटेको छ ।

FfuhcDIS3aGuKYeRtKT0OV0IU0e5QKEvMavLkNIB

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*