राष्ट्र बैंकका डा. गुणाकर भट्टले पाए आर्थिक अनुसन्धान विभागको जिम्मेवारी
१४ श्रावण २०८१, सोमबार १२:३१
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।
भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक रहेका भट्ट अब आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् ।
आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै उनलाई काजमा पठाउनुपर्ने भएपछि आर्थिक अनुसन्धान विभागको जिम्मेवारी हेरफेर भएको हो ।
श्रेष्ठको दरबन्दी भुक्तानी प्रणाली विभागमा कायम भएको छ ।