पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु हुँदा २६ जना घाइते

१४ श्रावण २०८१, सोमबार १०:५९

अपडेटः स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज लैजाने बित्तिकै मृत्यु भएको हो भने आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

काठमाडौँ । कास्की जिल्लाको पोखरामा बिद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।पोखरा महानगरपालिका वडा–२१ कृस्तीमा स्कुल बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । जसमा २७ जना विद्यार्थी र २ जना स्टाप रहेका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाइते केहि विद्यार्थीहरुलाई गण्डकी मेडिकल कलेज पोखरा पुराइएको छ । बस के कति कारण बस विद्यार्थीसहित दुर्घटनामा परेको खुलेको छैन । विद्यार्थीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*