नेपाल लाइफ पेशागत बीमा अभिकर्ता संघको लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न
१४ श्रावण २०८१, सोमबार १०:२२
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पेशागत बीमा अभिकर्ता संघ बीमक समितिले लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न गरेको हो । आइतबार लुम्बिनीको बुटवलका संघका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो ।
भेलामा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सम्पूर्ण अभिकर्ताहरुलाई कडा मिहिनेतका साथ व्यवसाय गर्न आग्रह गरेका छन् । साथै, उनले कम्पनीप्रति कुनै गुनासो भएमा पनि सबै मिलेर समाधान गर्नुपर्ने समेत प्रतिवद्धता प्रकट गरेका थिए ।
भेलामा उक्त क्षेत्रका सयौं अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । भेलामा सहभागि भएका अधिकांश अभिकर्ताहरुले आपासी सम्बन्ध विस्तारमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।