पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

१३ श्रावण २०८१, आईतवार १८:५०

काठमाडौँ। पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्चमा मुद्दा दर्ता भएको १२ वर्षपछि आइतबार यो मुद्दाको अन्तिम फैसला आएको हो । उनलाई ९ महिना कैदको सजाय सुनाइएको छ ।

न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको छ । जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसेको अदालतले बताएको छ ।

२०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारी सार्वजनिक पदमा रहँदा जोशीले स्रोत नखुलेको २ करोढ १६ लाख बराबरको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*