सुर्यज्योति लाइफमा कमल घिमिरे, गौरव शाही र दिपक सापकोटा उत्कृष्ट अभिकर्ता, यी हुन टप ५० को लिष्ट

१३ श्रावण २०८१, आईतवार १७:३४

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गत आवमा उत्कृष्ट बीमा व्यवसाय गर्ने तीन उत्कृष्ट बीमा अभिकर्ताहरुमा कमल घिमिरे, गौरव कुमार शाही र दीपक सापकोटा पर्न सफल भएका छन् । आव २०८०।०८१ लागि उत्कृष्ट गरेको आधारमा क्रमशः प्रथम, द्वितिय र तृतिय भएका हुन् ।

कम्पनीका मिहिनेती, परिश्रमी र सक्रिय अभिकर्ताहरुले कम्पनीमा हजारौ नागरिकहरुको जीवन बीमा गरी व्यवसाय वृद्धिमा महत्वपूर्ण योगदान दिएका हुन् ।

गत आर्थिक वर्षमा व्यक्तिगत कोड अन्तर्गत बुटवल पाल्पा रोड शाखा कार्यालयका अभिकर्ता कमल प्रसाद घिमिरेले हजारौं अभिकर्ताहरुलाई पछि पार्दै सर्बोत्कृष्ठ अभिकर्ता बन्न सफल भएका छन् ।

त्यस्तै, यस अवधिमा कोहलुर शाखाका गौरब कमार शाही दोस्रो सर्वोत्कृष्ट बन्न सफल भएका छन् । त्यसैगरी, काभ्रेको बनेपा शाखा कार्यालयका दिपक सापकोटा तेस्रो स्थानमा रहेर सर्वोत्कृष्ट हुन सफल भएका छन् ।

कम्पनीले पछिल्लो समय बीमा अभिकर्ताहरुलाई विभिन्न क्षमता अभिबृद्धि योजना अघि सारेको छ । वर्षभरिमा कडा मेहनत र उत्कृष्ट परिश्रम गरेर उल्लेखित नतिजा हासिल गर्न सफल भएको उत्कृष्ट तीनै जना बीमा अभिकर्ताहरुले बीमापोष्टलाई प्रतिक्रिया दिएका छन् ।

साथै सुर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीभित्र उत्कृष्ट व्यवसाय गर्ने ५० जना बीमा अभिकर्ताको सूचि बीमापोष्टलाई प्राप्त भएको छ । उक्त सूचि निम्न अनुसार रहेको छ ।

 

*प्राबिधिक समस्याका कारण यस समाचार अर्को लिङ्कमा समेत पुनः प्रकाशित गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*