सलिकोले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
१३ श्रावण २०८१, आईतवार १३:५७
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले विभिन्न सात वटा पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले एक्चुरिअल एनालिष्ट १ जना, मेनेजर÷डेप्युटी मेनेजर (मार्केटिङ) ५ जना, असिस्टेन्ट मेनेजर (मार्केटिङ) १० जना, सिनियर अफिसर÷अफिसर÷जुनियर अफिसर ( मार्केटिङ) केही, सिनियर असिस्टेन्ट÷असिस्टेन्ट÷जुनियर असिस्टेन्ट (मार्केटिङ) केही, डटनेटकोर डेभलपर २ जना, एग्रिकल्चर टेक्निसियन (भोजपुर, मुगु, जाजरकोट) ३ जना कर्मचारी माग गरेको हो ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित आवेदन दिन सक्नेछन् ।