गुराँस लघुवित्तको नाफामा उछाल, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १४४९ दशमलव ११ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत वर्ष २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा गरेको हो ।
गत वर्ष कम्पनीेले ८ करोड २८ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ५ करोड ६० लाख २५ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष ७ करोड ७२ लाख २२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको यस कम्पनीले गत वर्ष ११ करोड ५६ लाख ३३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २३ लाख ७४ हजार रुपैयाँबाट बढेर ३ करोड ६० लाख ४३ हजार रुपैयाँ पुगेको छ । यसै अवधिमा कम्पनीको खराब कर्जा पनि ६ दशमलव ३६ प्रतिशतबाट घटेर २ दशमलव ४६ प्रतिशत कायम भएको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर २५ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा, मूल्य आम्दानी अनुपात ७१ दशलव १२ गुणा र तरलता अनुपात ६ दशमलव ५१ प्रतिशत रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चिति रहेको छ । गत वर्ष यस कम्पनीले १ अर्ब १८ करोड ३६ लख १७ हजार रुपैयाँ सापटी र ३४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा लगानी १ अर्ब ६८ करोड १७ लाख ३२ हजार रुपैयाँ रहेको छ ।