सानिमा रिलायन्स लाइफमा उत्कृष्ट व्यवसाय गर्ने तीन अभिकर्ताः नमिता न्यौपाने, रण बहादुर तामाङ र सुनिता कुमारी साह

११ श्रावण २०८१, शुक्रबार १८:२६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा उल्लेख्य रुपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूले गरेको अथक प्रयासले लाखौँ मानिसहरुको बीमा भई उनीहरुको जीवन रक्षावरण भएको हो । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै विराटनगरकी नमिता न्यौपाने, काठमाडौंका रण बहादुर तामाङ र काठमाडौंकी सुनिता कुमारी साह उत्कृष्ट एजेन्सी बन्न सफल भएकी हुन् ।

कम्पनीमा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये भक्तपुर २ शाखा कार्यालयमा आवद्ध चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले व्यक्तिगत कोडमा सबैलाई पछि पार्दै यस वर्षको नेपाल टप एजेन्सी बन्न सफल भएकी हुन् । साथै, काठमाडौं, मध्यबानेश्वर शाखा कार्यालयमा आवद्ध चिफ एजेन्सी म्यानेजर रण बहादुर तामाङ र सुनिता कुमारी साह उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएका हुन् । अथक मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८०।०८१ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गर्न सफल भएका हुन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको भक्तपुर २ शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले व्यक्तिगत कोडबाट २ करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार गर्न सफल भएकी छिन् । उनले यस आर्थिक वर्षको असार मसान्तसम्ममा ४९ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त कारोबार गर्न सफल भएकी हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् । सन २०२५ को लागि सीओटी बन्न तोकेको लक्ष्य पुरा गर्दै सिनियर चिफ एजेन्सी म्यानेजर न्यौपाने जुलाई महिनामै सीओटीका्े लक्ष्य चुम्न समेत सफल भएकि छिन् ।

उनले गत आर्थिक वर्षको सार्बोत्कृष्ट एजेन्सी बनाउन साथ सहयोग दिने सम्पूर्ण कर्मचारी तथा बीमितहरुलाई धन्यवाद व्यक्त गरेकिछिन् । उनले बिराटनगरका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जीवन रक्षावरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।

हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका काठमाडौंको मध्य बानेश्वर शाखा कार्यालयका चिफ एजेन्सी म्यानेजर रण बहादुर तामाङ निकै सक्रिय र क्षमतावान् एजेन्सीको रूपमा परिचित छन् । कम्पनी प्रवेश गरेको १ वर्षको अवधिमा नै उल्लेख्य व्यवसाय गर्दै आफुलाई सक्षम र क्षमतावान एजेन्सीको रुपमा परिचित गर्न सफल भएका हुन् ।

एजेन्सी मगरले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट १ करोड ५० लाख ६१ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । उनले यस अवधिमा १ सय वटा बीमा पोलिसी बिक्री गरी उक्त व्यवसाय गर्न सफल भएका हुन् ।

बीमाको महत्व बुझाएर सर्वसाधारणलाई बीमा गराउदा सहजै बीमा गर्न सकिने उनको धारणा रहेको छ । उनले भने, ‘आम सर्वसाधारणहरुको बुझाईमा अहिले पनि बीमा गरौं भन्दा सकारात्मक धारणा रहेको छैन, तर राम्रोसँग बीमाबारे बुझाउन सकेपछि चाही नागरिकहरु सजिलै बीमा गर्न सहमत हुन्छन्।’

कम्पनीमा प्रवेश गरेपश्चात उनले आफ्ना साथी, आफन्तजनहरुलाई बीमाको बारेमा जानकारी गराएर विभिन्न समयमा भेटेर बीमा गरेको अनुभव सुनाए । ‘मलाई यस अवधिमा साथ सहयोग दिने कम्पनीका कर्मचारी र विश्वास गर्ने मेरा बीमितलाई धन्यवाद व्यक्त गर्दछु।’ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर उनले नागरिकका बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् ।

त्यस्तै, कम्पनीको मध्य बानेश्वर शाखामा आवद्ध भई बीमा व्यवसाय गर्दै आएकी चिफ एजेन्सी म्यानेजर सुनिता कुमारी साहले १ करोड १२ लाख १२ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएकी छिन् । उनले यस अवधिमा ९१ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त व्यवसाय गर्न सफल भएकी हुन् । यो व्यवसायसँगै उनी देशभरीबाट तेस्रो स्थान हासिल गरेकिछिन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौं बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिम पनि सञ्चालन गर्दै आएको छ ।

साथै, कम्पनीले आफ्ना अभिकर्ताहरूको यस सफलताको प्रशंसा गर्दै उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएकामा सम्पूर्ण अभिकर्ताहरूलाई कृतज्ञता प्रकट गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*