मौद्रिक नीतिले मख्ख बैंकर्स संघ, ‘बैंकहरूको एनपीएल घट्छ’

११ श्रावण २०८१, शुक्रबार १७:११

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेका नयाँ नीतिहरुले बैंकहरुमा रहेको रकमलाई बजारमा पठाउन सहजता प्रदान गर्ने बताएका छन् । मौद्रिक नीति सार्वजनिकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज लगायत २ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर २ करोड ५० लाख रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले बैंकको कर्जा प्रावह वृद्धि हुने अपेक्षा रहेको बताए । बैंकहरुमा बढ्दै गएको अवस्थामा खराब कर्जामा गणना गर्न नपाउने व्यवस्थाले खराब कर्जालाई कम गर्ने जनाए ।

केसीले अर्थतन्त्रको सुस्तताले निम्त्याएको मागमा कमीको स्थितिलाई मौद्रिक नीतिले सम्बोधन गरेको बताए । मौद्रिक नीतिमार्फत् गरिएको उद्घोषले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग हुने उनको बुझाइ छ । ‘अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकको निष्क्रिय कर्जा बढ्दो थियो भने नोक्सानी व्यवस्थाका कारण प्रोफिटाबिलिटीमा समस्या आइरहेको थियो । त्यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले आवश्यक पहल गरेको छ’ केसीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*