अल्पकालीन ब्याजदरसगै अन्य ब्याजदरहरु पनि घट्यो, कुन क्षेत्रमा कति कर्जा लगानी ?

११ श्रावण २०८१, शुक्रबार १५:३९

काठमाडौं। केन्द्रिय बैंकले अल्पकालीन ब्याजदरसगै बैंकिङ्ग प्रणालीका अन्य ब्याजदरहरु पनि घटेको जनाएको छ । आज मौद्रिक निति सार्वजनिक गर्दै केन्द्रिय बैंकले यस्तो जानकारी गराएको हो ।

२०८० जेठमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१८ प्रतिशत, विकास बैंकहरुको १२.४७ प्रतिशत र वित्त कम्पनीहरुको १३.५५ प्रतिशत रहेकोमा २०८१ जेठमा औसत आधार दर क्रमशः ८.१७ प्रतिशत, ९.९६ प्रतिशत र ११.४६ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

२०८० जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको १०.१८ प्रतिशत रहेकोमा २०८१ जेठमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ६.१७ प्रतिशत, ७.०७ प्रतिशत र ८.२८ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

त्यसैगरी, २०८० जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत, विकास बैंकहरुको १४.४७ प्रतिशत र वित्त कम्पनीहरुको १५.०६ प्रतिशत रहेकोमा २०८१ जेठमा कर्जाको कायम गरिएको देखिएको छ।
औसत ब्याजदर क्रमशः १०.१५ प्रतिशत, ११.६३ प्रतिशत र १२.८५ प्रतिशत कायम भएको बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.२ प्रतिशत अर्थात रु.५८२ अर्ब ४९ करोड, उर्जा क्षेत्रमा ७.९ प्रतिशत अर्थात रु. ३५०अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.२ प्रतिशत अर्थात रु.४०७ अर्ब २८ करोड रहेको छ ।

त्यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत अर्थात रु.१२५ अर्ब ८३ करोड र वित्त कम्पनीहरुबाट २१.६ प्रतिशत अर्थात रु.१९ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको छ ।
यस्तै वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८१ जेठ मसान्तमा औसत ५.७९ प्रतिशत अर्थात रु.२६३ अर्ब ७ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको छ ।
त्यसैगरी, विकास बैंकहरुबाट ८.१६ प्रतिशत अर्थात रु.४० अर्ब ३१ करोड र वित्त कम्पनीहरुबाट ६.७० प्रतिशत अर्थात रु.६ अर्ब ५८ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको बैंकले जनाएको छ ।
सरकारबाट ब्याज अनुदान प्रदान गर्नेगरी उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको रु.१३४ अर्ब ७६ करोड कर्जा लगानीमा रहेको छ ।
उक्त कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार १४२ ऋणीलाई रु. ९२ अर्ब ६ करोड र ७३ हजार ३८५ महिला उद्यमीहरुलाई रु. ४० अर्ब ९२ करोड कर्जा लगानीमा रहेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*