चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्ने तयारीमा राष्ट्र बैंक

११ श्रावण २०८१, शुक्रबार १४:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्ने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्ने जनाएको हो ।

‘चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित भिन्नताहरुलाई विश्लेषण गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिने,’ मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको १ करोड रुपैयाँको सीमालाई पुनरावलोकन गरिने जनाएको छ । विगत दुई वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा न्यून कर्जा प्रवाहको स्थितिलाई मध्यनजर गरी यी दुई व्यवस्था गरेको गर्भनर महाप्रसाद अधिकारीले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*