अब डिजिटल भुक्तानी कम्पनीहरुले अनिवार्य रुपमा आइपीओ निष्कासन गर्नुपर्ने

११ श्रावण २०८१, शुक्रबार १४:१७

काठमाडौँ । अब डिजिटल भुक्तानीको काम गर्ने कम्पनीहरुले अनिवार्य रुपमा आइपीओ निष्कासन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरेको हो । जस अनुसार अब डिजिटल भुक्तानी कम्पनीहरुले शेयर निष्कासन गर्नुपर्नेछ ।

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुबाट गरिने कारोबारलाई थप पारदर्शी बनाई उक्त संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धि गर्नका लागि भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*