मौद्रिक नीतिले बैंकको पूँजीकोष बढाउन ल्यायो लचिलो व्यवस्था

११ श्रावण २०८१, शुक्रबार १४:१४

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरुको पूँजीकोष बढाउन लचिलो व्यवस्था गरेको छ। केन्द्रीय बैंकले प्रोभिजनिङ घटाउनेदेखि पूँजीकोष बढाउन नयाँ उपकरण समेत प्रयोगमा ल्याउने घोषणा गरेको छ।

राष्ट्र बैंकल पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने, असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने र बैक तथा वित्तीय संस्थाले टायर २ क्यापिटल गणना गर्दा क्यापिटल एडुकेसि फ्रेमवर्क २०१५ को व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टायर २ क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने भएको छ।

अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपनि पूँजीकोष अभावले कर्जा लगानी गर्न सकेका थिएन्। राष्ट्र बैंकको व्यवस्थाले बैंकहरुको पूँजीकोष बढाउने छ जसले गर्दा बैंकहरुलाई कर्जा लगानी बढाउन सहज हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*