सञ्चालकको सम्पत्तिलाई धितो मानेर सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गरिने

११ श्रावण २०८१, शुक्रबार १३:५३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको बचतकर्ताहरूको ५ लाख रुपैयाँसम्मको रकम सञ्चालकहरू र तिनका परिवारका सदस्यको नामको सम्पत्तिको धितोको सुरक्षणमा फिर्ता गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले शुक्रबार आगामी आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो ब्यवस्था गरेको हो ।

‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्गाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ’, भनिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*