मौद्रिक नीतिमा समावेश भएका लघुवित्तका ६ व्यवस्था, मर्जरदेखि कर्जा पुनर्तालिकीकरणसम्म

११ श्रावण २०८१, शुक्रबार १३:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई थप प्रभावकारी बनाउने भएको छ । आज सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त सम्बन्धि महत्वपूर्ण ६ वटा व्यवस्थालाई समावेश गरेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त संस्थाहरुको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गर्ने, लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिकीकरण र लघुवित्त संस्थाहरुलाई एनएफआरएस लागु गर्ने लगायतका व्यवस्था गरेको छ ।

यी हुन् ६ वटा व्यवस्थाः
–लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिनेछ ।

– लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिनेछ ।

– लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिनेछ ।

– परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिनेछ ।

–कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइनेछ ।

– यस बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*