घट्यो ब्याजदर करिडोर सीमाको बैंकदर
११ श्रावण २०८१, शुक्रबार १३:०६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।
व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने छ ।