शेयर धितोको संस्थागतका लागि २० करोडको सीमा खारेज

११ श्रावण २०८१, शुक्रबार १२:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोको संस्थागतका लागि यसअघि लगाइएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २०करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।

संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिनेछ गरेको जनाएका छन् ।

हाल सेयर कर्जामा व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोडसम्मको सीमा तोकिएको छ । जसअनुसार संस्थागत लगानीकर्ताहरुको सीमा खारेज गर्ने केन्द्रीय बैंकले जनाएको हो ।

तर व्यक्तिगत लगानीकर्ताको लागि लगाइएको क्याप भने केन्द्रीय बैंकले हटाएको छैन।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*