मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

११ श्रावण २०८१, शुक्रबार १२:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र १६ औं पञ्च बर्षिय योजना अनुसारको नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिने घोषणा गरिएको छ । त्यस्तै, चेक अनादरको कारण कुनै व्यक्ति कालोसूचिमा पर्ने व्यवस्थालाई हटाइएको छ ।

जस अनुसार निर्माण व्यवसायीहरुले लिएको कर्जाको नविकरण गर्ने म्याद २०८१ मंसिर मसान्तसम्म थप गर्ने, निर्माण व्यवसायीहरुलाई चेक अनादर भएकै आधारमा कालो सूचनामा राख्नु नपर्ने व्यवस्था लागू गरिएको छ । त्यस्तै, जेभी भेन्चर कालोसूचिमा परेकै कारण मूल कम्पनीलाई कालोसूचिमा राख्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, ठेक्का नविकरण भएमा बैंक ऋण पनि नविकरण गर्ने व्यवस्था गरिएको छ ।

 

अब नयाँ व्यवस्था अनुसार चेक बाउन्स भएमा तत्कालै कालोसूचिमा राखेर खाता बन्द गर्ने व्यवस्था अन्त्य गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*