गभर्नर महाप्रसाद अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति कस्तो ल्याउँदैछन् ?

११ श्रावण २०८१, शुक्रबार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफनो कार्यकालको अन्तिम मौद्रिक नीति आज सार्वजनिक गर्दै छन् ।

बाह्य क्षेत्र बलियो देखिएको भए पनि आन्तरिक अर्थतन्त्र शिथिल नै रहेको र सत्तासमीकरण फेरबदल भएर भर्खरै नयाँ सरकार बनेको अहिलेको अवस्थामा ल्याउन लागेको मौद्रिक नीतिलाई विशेष चासोका रूपमा हेरिएको छ ।

आगामी चैतमा केन्द्रीय बैंकबाट बिदा हुने गभर्नर अधिकारीलाई उनको अन्तिम मौद्रिक नीतिका लागि चौतर्फी दबाब छ।

सरकार र निजी क्षेत्रले खुकुलो नीति ल्याउनुपर्ने दबाब दिएका छन् । केन्द्रीय बैंकका उच्च तहका कर्मचारी एवं विज्ञहरूले सन्तुलित मौद्रिक नीतिमा जोड दिएका छन् । चालू आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको विषय मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने आमअपेक्षा रहेका वेलामा नेपाल राष्ट्र बैंकमाथिकै परीक्षण हुने अर्थशास्त्रीहहरुको रहेको छ।

सेयर बजार र घरजग्गा कारोबारालाई प्रोत्साहित गर्ने गरी मौद्रिक नीति ल्याउन गभर्नरलाई सरकारदेखि सरोकारवालासम्मको चर्को दबाब छ । तर, विज्ञहरूले भने घरजग्गा र सेयर बजार कारोबारमा अझ खुकुलो हुने सीमा नरहेको बताउँदै आएका छन् । उनीहरू तत्काललाई एउटा समूह खुसी बनाउने गरी नीति लिनुभन्दा अर्थतन्त्रको मध्यम र दीर्घकालीन वृद्धिमा ध्यान दिनुपर्ने बताउँछन् ।

राष्ट्र बैंककै एक उच्च अधिकारीले भने, ‘राष्ट्र बैंकको तत्कालीन पपुलर नीतिले क्षणिक लाभ दियो, एउटा समूहलाई लाभ मिल्यो, अर्थतन्त्रमा पनि क्षणिक वृद्धि भयो, तर त्यसले दीर्घकालमा असर पा¥यो, जसका कारण अर्थतन्त्रको बाह्य क्षेत्र चिन्ताजनक बन्यो, विदेशी मुद्रा सञ्चितिमा ठूलो ह्राससमेत आयो । गत आर्थिक वर्ष ०८०/८१ को ११ महिनामा नेपालको चालू खाता दुई खर्ब ३९ करोडले बचतमा छ । शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ ।

प्रधानमन्त्रीदेखि अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले समेत घरजग्गा र सेयर बजारलाई समेत गति दिने गरी खुलुलो मौद्रिक नीति ल्याउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका छन् । तर, घरजग्गा र सेयर बजारका लागि अझै खुकुलो नीति लिने ‘स्पेस’ नरहेको जानकार बताउँछन् ।

अर्थतन्त्रमा समस्या देखिन थालेपछि केन्द्रीय बैंकले कसिलो नीति लिन थालेको देखिएको छ । तर आम नागरिकमा राष्ट्र बैंकले कस्तो निति ल्याउछ भन्ने ज्ञिञासा सबैमा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*