कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

११ श्रावण २०८१, शुक्रबार १०:२७

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको बिहीबार राति निधन भएको हो ।

नगरपालिकाले उनको निधनको शोकमा आज एक दिन नगर क्षेत्रभित्र स्थानीय शोक बिदा गर्ने भएको छ । मेयर नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलिसिस गराउँदै आएका नकर्मीको स्वास्थ्य अवस्था पछिल्लो १ महिनायता बिग्रिँदै गएको थियो ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित हुनु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*