शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै आइसिएफसि फाइनान्स

११ श्रावण २०८१, शुक्रबार ०७:४३

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्ने भएको छ ।

कम्पनीले विगत १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका निष्क्रिय खाताहरू बन्द गर्न लागिएको जनाएको छ । कम्पनीले बन्द गरिने निष्क्रिय खाताहरूको सूची कम्पनीको वेभासाइटमा राखिएको जनाएको छ ।

साथै कम्पनीले सम्बन्धित खातावालालाई ३५ दिनभित्र आफूलाई पायक पर्ने नजिककको शाखामा गई खाता शुचारू गर्न आग्रह समेत गरेको छ । अन्यथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम उक्त खाताहरू बन्द गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*