प्रतिकित्ता ३०० रुपैयाँमा नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्रीमा

११ श्रावण २०८१, शुक्रबार ०७:२८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ निर्धारण गरेको छ । सो शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर र मूल्यसमेत खुलाई काठमाडौंको कमलादीस्थित कम्पनीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*