सानिमा जीआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

११ श्रावण २०८१, शुक्रबार ०७:१४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापकबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*