अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

११ श्रावण २०८१, शुक्रबार ०६:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ११ गतेका लागि मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २२ पैसा कायम भएको छ ।

आज एक कतारी रियाल खरीदका लागि ३६ रुपैयाँ ६४ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ८१ पैसा लाग्ने भएको छ । आज मलेसियन रिंगिटको भाउ ५ पैसाले बढेर खरीदमूल्य २८ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ७८ पैसा पुगेको छ ।

त्यस्तै एक यूएई दिराम खरीद गर्न ३६ रुपैयाँ ३८ पैसा र बिक्री गर्न ३६ रुपैयाँ ५४ पैसा लाग्ने भएको छ भने एक साउदी अरेबियन रियाल खरीदका लागि ३५ रुपैयाँ ६२ पैसा र बिक्रीका लागि ३५ रुपैयाँ ७८ पैसा लाग्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार यस दिन १० जापानी यनको भाउ १२ पैसाले बढेर खरीदमूल्य ८ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ८१ पैसा पुगेको छ भने एक अस्ट्रेलियन डलर खरीदका लागि ८७ रुपैयाँ १५ पैसा र बिक्रीका लागि ८७ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*