गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत

१० श्रावण २०८१, बिहीबार १८:३५

काठमाडौँ । लगानी बोर्डको कार्यालयले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो ।

२०८१ जेठ २२ मा अरुण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रु’ भएपछि उक्त परियोजनाको जेनेरेशनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । साथै, ट्रान्समिशन लाइनतर्फ ३८।२१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ । सो कार्यलाई जेनेरेसनतर्फको प्रगतिसँग तादात्म्यता हुनेगरी सहजीकरण भइरहेको छ।

त्यसैगरी तल्लो अरुण जलविद्युत परियोजनाको जग्गा प्राप्तिको कार्य प्रारम्भ भएको छ । यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको बोर्डले बताएको छ ।

1

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*