लयमा फर्किदै वाणिज्य बैंकको शेयरमूल्य, कुनको कति पुग्यो ?

१० श्रावण २०८१, बिहीबार १८:१५

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ ।

नेपालमा सञ्चालक रहेका वाणिज्य बैंकको शेयरहरुको मूल्य केही समय अगाडि आलु प्याजको मूल्य जत्तिकै रहेको थियो । तर, देशमा केपी ओली नेतृत्वको सरकार बन्नेपछि र आगामी मौद्रिक नीति शेयर लगानीकर्ताहरुलाई पक्षमा आउने चर्चाले वाणिज्य बैंकको शेयरमूल्य बढेको लगानीकर्ताहरु बताउछन् ।

आज कारोबार भएका १९ वाणिज्य बैंकहरुमध्ये १६ वटाको शेयरमूल्य बढेको छ । बिहीबार ग्लोबल आइएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी ६.३३ प्रतिशतले बढेको छ ।

त्यस्तै, बिहीबार कृषि विकास बैंकको ३.०७ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकको २.६३ प्रतिशत, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंकको २.१८ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ ।

त्यस्तै, बिहीबार कुमारी बैंक र नबिल बैंकको शेयरमूल्य भने घटेको ट । नेप्सेका अनुसार सिद्धार्थ बैंकको शेयरमूल्य स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*