प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

१० श्रावण २०८१, बिहीबार १७:०३

काठमाडौँ । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*