यी हुन् आइएमई लाइफमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने तीन अभिकर्ता, कसरी बने उत्कृष्ट ?

राजन कठायत 
१० श्रावण २०८१, बिहीबार १७:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै काठमाडौं निवासीद्वय गेल्मु लामा, बबिता थापा मगर र नारायणघाटका लेखनाथ शर्मा उत्कृष्ट अभिकर्ता बन्न सफल भएका हुन् ।

कम्पनीमा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये काठमाडौंको महाराजगंज शाखा कार्यालयमा कार्यरत गेल्मु लामाले व्यक्तिगत कोडमा सबैलाई पछि पार्दै यस वर्षको नेपाल टप अभिकर्ता बन्न सफल भएकी हुन् । साथै, दोस्रो नम्बरमा पनि काठमाडौंकै बानेश्वर शाखा कार्यालयमा कार्यरत बबिता थापा मगर र तेस्रो नम्बरमा चितवनको नारायणघाट शाखा कार्यालयमा कार्यरत लेखनाथ शर्मा उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएका हुन् । अथक मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका बावजुद आर्थिक वर्ष २०८०।०८१ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्सको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी अभिकर्ता गेल्मु लामाले व्यक्तिगत कोडबाट १ करोड रुपैयाँको कारोबार गर्न सफल भएकी छिन् । उनले यस आर्थिक वर्षको असार मसान्तसम्ममा ५० वटा बीमा पोलिसी बिक्री गर्दै उक्त कारोबार गर्न सफल भएकी हुन् ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएकी लामाले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् । काठमाडौंको न्यूरोडमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी लामा सन २०२५ को एमडीआरटी बन्न र गत आवको असार महिनाको योजना अन्तर्गत स्कुटर समेत जित्न सफल भएकी हुन् ।

कम्पनीले प्रदान गर्दै आएका विभिन्न क्षमता अभिवृद्धि तालिमले अभिकर्तालाई बीमा व्यवसाय भित्र्याउन मद्दत पुग्ने गरेको उनको धारणा छ । ‘आइएमई लाइफमा आबद्ध भएको छोटो अवधिमा नै नेपाल टप बन्न सफल भएकोमा एकदमै खुशी छु । मैले बन्दिपुरमा तालीम लिएर आएपछि बीमा गर्नको धैरै हौसला मिलेको हो।’ उनले यस अवधिमा आफूलाई विश्वास गरी बीमा गराउने सम्पूर्ण बीमित र सहयोगी कर्मचारीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएकी काठमाडौंको बानेश्वर शाखा कार्यालयकी बबिता थापा मगर निकै सक्रिय र क्षमतावान् अभिकर्ताको रूपमा परिचित छिन् । अभिकर्ता मगरले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट ७३ लाख २१ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएकि छिन् । उनले यस अवधिमा जम्मा ४ वटा बीमा पोलिसी बिक्री गरी उक्त व्यवसाय गर्न सफल भएकी हुन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर उनले नागरिकका बीमा गरी जीवन रक्षावरण गर्दै आएकी छिन् । यस अवधिमा साथ सहयोग गरि सफल बनाउन दिन रात खटिएका कर्मचारी र बीमितहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेकि छिन् ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत चितवन, नारायणघाट शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता लेख नारायण शर्माले आफ्नो व्यक्तिगत कोडबाट ५८ लाख पाँच हजार रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । उनले यस अवधिमा चितवनका विभिन्न स्थानमा गई ३७ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

बीमा व्यवसायलाई आत्मसाथ गरी अगाडि बढीरहेका शर्माले नागरिकको आर्थिक र सामाजिक अवस्थाको मुल्यांकन गरी बीमा गर्न प्रस्ताव गर्ने गरेको उनको धारणा रहेको छ । ‘मैले आफ्नो आत्मविश्वासका साथ कम्पनीका विभिन्न पोलिसीलाई जस्ताको त्यस्तै बिक्री गर्ने गरेको छु। बीमासम्बन्धी आवश्यक ज्ञान लिएर बीमितलाई बीमाका शर्त र फाइदाहरू समेत बुझाएर बीमितलाई उपयुक्त बीमा पोलिसी बिक्री गर्दै आएको छु।’ उनले भने, ‘नेपालमा सञ्चालित अन्य जीवन बीमा कम्पनीको तुलनामा आइएमई लाइफ पूर्ण रूपले नेपाली लगानी रहेको कम्पनीको हो । जसकारण नागरिकलाई ढुक्कका साथ बीमा गर्न आग्रह गर्दछु।’

आइएमई लाइफ नारायणघाटका ब्रान्च म्यानेजरसहित सम्पूर्ण कम्पनीका कर्मचारीको साथ सहयोगले बीमा व्यवसायमा सक्रिय रहेको उनको धारणा रहेको छ । उनले यस अवधिमा आफूलाई विश्वास गरी बीमा गराउने बीमित र साथ सहयोग तथा हौसला प्रदान गर्ने कर्मचारीलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले बीमा व्यवसायमा आफ्नो परिवारले पूर्ण रुपले साथ सहयोग दिएको समेत बताएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौं  बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिम पनि सञ्चालन गर्दै आएको छ । साथै, आइएमई लाइफले आफ्ना अभिकर्ताहरूको यस सफलताको प्रशंसा गर्दै उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएकामा सम्पूर्ण अभिकर्ताहरूलाई कृतज्ञता प्रकट गरेको छ । *सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*