फर्कियो बजारमा रौनकः ३२ अकंले बढ्यो नेप्से, मौद्रिक नीतिपछिको मार्केट बुलको यात्रामा जाला ?

१० श्रावण २०८१, बिहीबार १५:१०

काठमाडौँ । बिक्री गर्नेहरु हाबि हुँदा बुधबार करेक्सन आएको शेयर बजारले पुनः रौनकको यात्रा सुरु गरेको छ । बजार निरन्तर उचाई तिर लम्किदा शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार डा.युवराज खतिवडाले अबको मौद्रिक नीति खुकुलो आउके संकेत गरेसँगै शेयर बजारमा रौनक देखिएको छ । खतिवडाले सोमबार एक टेलिभिजन कार्यक्रममा बोल्दै मौद्रिक नीति केहि खुकुलो आउने तर्क राखेका थिए । जसले गर्दा लगानीकर्ताको मनोबल उच्च बनेको छ ।

मौद्रिम नीति शुक्रबार अर्थात् साउन ११ गते सार्वजनिक गर्ने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ । अब शेयर बजारका लगानीकर्ता मौद्रिक नीति पर्ख र हेरको अवस्थामा रहेका छन् । शेयर बजारका लगानीकर्ताले लामो समयदेखि मौद्रिक नीतिमार्फत कसिएको नीति खुकुलोको माग गरी रहेका छन् । उता राष्ट्र बैंक समेत शेयर बजारलाई बाधा गर्ने नीति सुधारका लागि सकारात्मक बनि रहेको छ । सोहि कारण लगानीकर्ता अब मौद्रिक नीति कुरेर बसेका छन् । नीतिगत सुधार हुन सके बजारले इतिहासकै नयाँ उचाई राख्ने तर्क लगानीकर्ताहरुको रहेको छ ।
अब बजार मौद्रिक नीति आइसकेपछि आइतबार खुला हुनेछ । मौद्रिक नीतिमा मार्फत नीतिगत सुधार भए बजारले सकारात्मक यात्रा तय गर्ने जानकारहरु बताउँछन् । नीतिगत सुधार हुन सकेन भने बजार पुनःसुस्ताउने तर्क लगानीकर्ताहरुको छ ।

अर्थतन्त्रले लय लिइरहेको, बैकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको, नियामक निकाय समेत नीतिगत सुधारका लागि सकारात्मक रहेको हुँदा बजारले बुल नै कायम राख्ने देखिन्छ । शेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भुमिका खेलेको हुन्छ । अहिले लगानीकर्ताको मनोबल दरिलो बन्दै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २५६८.११ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

यसदिन ९ उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको १.३६ प्रतिशत, फाइनान्स समूहको १.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशत, जीवन बीमा समूहको ०.७१ प्रतिशत र निर्जीवन बीमा समूहको २.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*