३ लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
१० श्रावण २०८१, बिहीबार १५:०९
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ ।
समग्र रुपमा शेयर बजार बढेसँगै आज कारोबार भएका १४३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा चार वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एशियन हाइड्रोपावर र गणपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।