सौर्य एयरलाइन्स दुर्घटनामा घाइते भएका पाइलट ‘खतरामुक्त’
१० श्रावण २०८१, बिहीबार १३:५२
काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भएको अस्पतालले जनाएको छ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो ।
अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् ।
शाक्यको शरीरमा थप जटिलता पहिचान गर्नका लागि आज एमआरआई गर्ने ती अधिकारीले बताए । शाक्यलाई अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।
उनसँग हाल कसैलाई भेट्न दिइएको छैन ।